Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आइफिल टावरको सिँढी भयो लिलामी, अनुमानभन्दा ३ गुणा बढी मूल्यमा बिक्री

काठमाडौं मंसिर १३ ।

फ्रान्सको राजधानी पेरिसमा रहेको आइफिल टावर लिलामी भएको छ ।

मंगलबार भएको लिलामीमा आइफिल टावरको एउटा हिस्सा १ लाख ७० हजार यूरो अर्थात् करिब २ करोड १७ लाख रुपैयाँमा बिक्री भएको हो । यो बिक्रीभन्दा पहिले लगाइएको अनुमानित मूल्यभन्दा तीन गुणा बढी मूल्यमा बिक्री भएको हो ।

लिलामीकर्ताका अनुसार, राजधानी पेरिसको पहिचानका रुपमा रहेको उक्त स्मारकको दोस्रो र तेस्रो सतहको बीच २ दर्जनभन्दा बढी फलामले बनेको सिँढीहरुलाई मध्यपूर्वका एक कलेक्टरले एक लाख ७० हजार यूरोमा खरिद गरेका हुन् ।

लिलामी घर आर्ट क्यूरियलले लिलामीभन्दा पहिले उक्त सिँढीको अनुमानित मूल्य ४० हजार यूरो देखि ६० हजार यूरोका बीच लगाएको थियो ।

४.३ मिटर अग्लो उक्त सिँढी क्यानडा संग्रहको हिस्साका रुपमा रहेको छ । जुन सन् १८८९ मा आइफिल टावर निर्माणको समयदेखि नै यसमा जोडिएको छ ।

३२४ मिटर अग्लो आइफिल टावर फ्रान्सको सबैभन्दा बढी हेरिने स्मारकका रुपमा रहेको छ । इन्जिनियर गुस्ताव आइफिलले पेरिस यूनिभर्सल एक्जिब्यूसनका लागि उक्त टावरको निर्माण गराएका थिए । एजेन्सी

कमेन्ट गर्नुहोस्

%d bloggers like this: