५० लाख ठगी गर्ने प्रहरी हवल्दारसहित ४ जना पक्राउ

काठमाडौं, मंसिर १३ । एक किलो सुन दिने भन्दै झन्डै ५० लाख रुपैयाँ ठगी गर्ने प्रहरी हवल्दारसहित ४ जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका १६ बसन्तनगरस्थित सूर्यविनायक गेस्ट हाउसमा बोलाई सुन व्यवसायी बुद्ध विश्वकर्मा शंकरको ४९ लाख ४७ हजार लुट्ने समूहका ४ जनालाई मंगलबार राति ललितपुरको बल्खुबाट प्रहरीले पक्राउ गरेको जनाएको छ । उनीहरुलाई काठमाडौं मैतीदेवीस्थित बुद्ध ज्वेलरी वर्कसपका सञ्चालक विश्वकर्माको जाहेरीपछि पक्राउ गरिएको हो।

याे पनि पढ्नुस  पत्रिकामा यौन शक्ति बढाउने विज्ञापन गरी ठगी गर्ने १५ जना पक्राउ

पक्राउ पर्नेमा महानगरीय प्रहरी वृत्त बालाजुमा कार्यरत ३५ वर्षीय हवल्दार मोहनबहादुर बम, ललितपुर सानेपा बस्ने दाङ घोराहीका २८ वर्षका गोपाल विश्वकर्मा, राप्ती गाउँपालिका बाराहखुट्टी बस्ने २७ वर्षीय शिव कुमाल र म्हेपी कोठाभाडामा बस्नेसारदा नगरपालिका सल्यानका २७ वर्षीय सञ्जयकुमार तिरुवा छन्।

याे पनि पढ्नुस  विप्लव समूहमा संलग्न रहेको भन्दै प्रअ पक्राउ

प्रहरी हवल्दारको स्थायी ठेगाना भने कैलाली चुरे गाउँपालिका हो । प्रहरीले उनीहरुको साथबाट ३७ लाख ६५ हजार नगदसहितको झोला, बा १० च ७९९२ नं। को टाटा डीआई गाडीलगायत सामग्री बरामद गरेको छ।

लुटेरा समूहले बैंकबाट लिएको सुन बिलसहित दिने भन्दै सुन व्यवसायी विश्वकर्मासँग‍ ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्