Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

शेयर बजारः दोहोरो अंकले घट्यो

काठमाडौं, मंसिर १३ । धितोपत्र बजारमा बिहीबार शेयरको मूल्यमा दोहोरो अंकको गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १० दशमलव ३७ बिन्दुले घटेर एक हजार १४८ दशमलव ७० बिन्दुमा झरेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव २१ बिन्दुले घटेर २४४ दशमलव २३ बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६१ कम्पनीको १० लाख ६२ हजार ४३ कित्ता शेयर रु ३२ करोड २९ लाख ४७ हजार ९८३ मूल्यमा खरीद बिक्री भएको छ ।

आज कारोवार भएका ११ उपसमूहमध्ये दुई उपसमूहको मात्रै शेयर कारोवारमा वृद्धि भएको छ । कारोवार वृद्धि भएकामा वित्त शून्य दशमलव १३ र उत्पादन एक दशमलव शून्य दुई बिन्दुले बढेको छ ।

बैंकिङ ९ दशमलव ३८, व्यापार ३ दशमलव ४६, होटल ९ दशमलव ५७, विकास बैंक ११ दशमलव २७, जलविद्युत् २ दशमलव ७१, निर्जीवन बीमा १०५ दशमलव १७, अन्य २ दशमलव ३१, माइक्रोफाइनान्स २४ दशमलव २३, जीवन बीमा ४७ दशमलव ७६ बिन्दुले घटेको छ । -रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: