Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अपहरणको एक घण्टामै बालकको हत्या, कारणबारे अनुसन्धान हुँदै

काठमाडौं, मंसिर १३ । राजधानीको मित्रनगरबाट ३ दिनअघि बेपत्ता भएका ८ वर्षीय बालक प्रयाश कुँवरको अपहरणको १ घन्टामै हत्या भएको रहस्य खुलेको छ ।

मित्रनगरस्थित स्वस्तिक त्रिवेणी गेस्ट हाउस सन्चालन गर्दै आएका पर्वतका प्रविण कुँवरका एकमात्र सन्तान प्रयासको सोही गेस्ट हाउसमा काम गर्ने ड्राइभरले हत्या गरेको रहस्य खुलेको हो।

गेस्ट हाउसमा अभिभावक कोही नभएको समयमा मंगलबार स्यांजाको भिरकोट घर भएका २२ वर्षीय महेन्द्र सार्कीले साँझ ६ बजे प्रयाशलाई गाडिमा राखेर लगेका थिए। करिब सात बजे गेस्ट हाउस फर्किएका महेन्द्रमाथि लामो अनुसन्धानपछि प्रहरीले हत्यारा पत्ता लगाएको हो।

प्रयाशलाई मारेर फालेको ठाउँ महेन्द्रले नै देखाएका थिए। महेन्द्रले एक महिनाअघिमात्र उक्त गेस्ट हाउसमा काम गर्न थालेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।

महाशाखाका डीएसपी रुगम कुँवरको नेतृत्वको टोलीले अनुसन्धान गरि हत्यारा पत्ता लगाएको हो।

प्रयास स्थानीय बेलमन्ड इन्टरनेशनल एकेडेमीमा एक कक्षामा अध्ययनरत थिए। अपहरण लगत्तै बालकको हत्या भएकाले किन अपहरण गरिएको थियो भन्नेबारे अनुसन्धान भईरहेको महाशाखाले जनाएको छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: