Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

राष्ट्रपति भण्डारी शनिबार पोल्याण्ड जाँदै

काठमाडौं, मंसिर १३ । राष्ट्रपति विद्यादेवी भण्डारी पर्सि (शनिबार) पोल्याण्ड जाने भएकी छन्। संयुक्त राष्ट्र संघको जलवायु परिवर्तनसम्बन्धी कोप २४ सम्मेलनमा नेपाली पक्षको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी पाँच दिने भ्रमणका लागि त्यसतर्फ जान लागेकी हुन्।

परराष्ट्र मन्त्रालयअनुसार कोप २४ सम्मेलन दक्षिणी पोल्याण्डको काटोवाइस सहरमा मंसिर १६ गतेदेखि सुरू हुँदैछ। राष्ट्रपति भण्डारीले मंसिर १७ गते सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ।

सोही दिन राष्ट्रपति भण्डारीले राष्ट्र संघको महासभाकी अध्यक्ष मारिया फर्नान्डा एस्पिनोसा ग्रेससँग भेट्ने छिन्। पोल्याण्डका राष्ट्रपतिले सम्मेलनका पाहुनाका लागि आयोजना गर्ने रात्री भोजमा पनि राष्ट्रपति सहभागी हुनेछिन्।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: