Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

टि–१० क्रिकेट लिगः सन्दीपको टिमद्वारा वारियर्सलाई १०२ रनको लक्ष्य

काठमाडौं, मंसिर १३ । यूइमा जारी टि–१० क्रिकेट लिग अन्तर्गत आफ्नो पाँचौ खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध केरेला लाइट्सले नर्दन वारियर्सलाई १०२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको केरेलाले निर्धारित १० ओभरमा २ विकेट गुमाउँदै १०१ रन बनायो । उसका लागि पउल स्टर्लिङले ६०, क्रीस केलले १४ र बनाए । यस्तै, कप्तान अवेन मोर्गन (१७) र जेएम बेयरिस्टो (२) रनमा अविजीत रहे ।

४ खेलमा ३ मा विजयी र एकमा पराजित भएको नर्दन वारियर्स ६ अंकमा दोस्रो स्थानमा छ । ३ अंकमा पुछारबाट दोश्रो स्थानमा रहेको केरलाले ४ मध्ये एकमा मात्र जित निकाल्न सकेको छ । जारी लिगमा सन्दीपले ४ खेलमा ६ विकेट लिएका छन् ।

सन्दीपको टिममा इङ्ल्यान्ड क्रिकेट टिमका कप्तानसमेत रहेका अवेन मोर्गन, क्रिस गेल, काइरन पोलार्ड, जुनैद खान, टम कुरान, सोहेल तन्बिर, उपुल थारंगा, दासुन शनाका, इमरान नाजिर, वायन पार्नेल, पल स्टरलिङ, मोहम्मद नाभेद जस्ता विश्वका चर्चित स्टार खेलाडीहरु छन् ।

लाइभ स्कोर हेर्न यहाँ क्लिक गर्नुस्

लिगमा कुल ८ टिम सहभागिता छ। मराठा अरबियन्स, पख्तुन्स, पन्जाबी लेजेन्ड्स, कराचियन्स, बंगाल टाइगर्स, केरला किंग्स, राजपुत्स, नर्थर्न वारियर्स रहेका छन्।

इन्डियन प्रिमियर लिग दिल्ली डेयरडेभिल्समा ‘रिटेन’ भएका सन्दीपले यसअघि युएईमै अफगानिस्तान प्रिमियर लिग क्रिकेट खेलेका थिए।

इन्डियन प्रिमियर लिगबाट अन्तर्राष्ट्रिय लिग खेल्न सुरू गरेका सन्दिपले पछिल्लो एक वर्षमा क्यारेबियन प्रिमियर लिग, ग्लोबल टि–२० लिग क्यानडा र अफगानिस्तान प्रिमियर लिग खेलिसकेका छन्।

त्यस्तै सन्दीपको अष्ट्रेलियाको विश्व चर्चित बीग ब्यास, बंगलादेश प्रिमियर लिग र पाकिस्तान सुपर लिगमा समेत अनुबन्ध भईसकेका छन्। उनलाई दिल्लीले पुनः आइपिएलको आगामी संस्करण खेल्ने टिममा राखिसकेको छ।

आजै हुने दोश्रो खेलमा सिन्धिज र बेङ्गल टाईगर्सबीच प्रतिस्पर्धा हुनेछ । सिन्धिज सेन वाट्सन र बेंगल टाईगर्स साम विलिङको कप्तानीमा साँझ साढे ७ बजे मैदान उत्रनेछन् । आजैको तेश्रो खेलमा राती पौने दश बजे पख्तुन्स् र पञ्जावी लेजेण्ड्सबीच प्रतिस्पर्धा हुनेछ । साहिद अफ्रिदी पख्तुन्स र लुक रोन्ची पञ्जाबका कप्तान हुन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: