रिलिज भयो २.०, यस्तो छ दर्शकको प्रतिक्रिया

एजेन्सी । दक्षिण भारतीय सिनेमाका सुपर स्टार रजनीकान्त र बलिउडका एक्सन किंग अक्षय कुमारको अभिनय रहेको चलचित्र २.० आज संसारभर रिलिज भएको छ । वर्षकै बहुप्रतीक्षित मानिएको इस चलचित्रले रिलिजको पहिलो दिन नै भारतीय साइन उद्योगमा सर्वाधिक कमाई गरेको चलचित्र बाहुबली-२ लाई टक्कर दिने अनुमान गरिएको छ ।

सन २०१० मा रिलीज भएको विज्ञान स्वैर कल्पना रोबोटको सीक्वेल रहेको यो चलचित्र भारतीय साइन इतिहासको सर्वाधिक महँगो चलचित्र मानिएको छ । यास चलचित्रको निर्माण र यसको प्रचार प्रसारमा ५ सय ४३ करोड भारतीय रुपैयाँ अर्थात नेरु ८ अर्ब ७० करोड खर्च गरिएको छ । फिल्मले रिलिजको पहिलो दिन नै १०० करोड भारु भन्दा बढी कमाउने अनुमान गरिएको छ ।

रिलिज हुनु अगावै रेकर्ड
यस चलचित्रले रिलिज हुनु पहिल्यै ९० प्रतिशत लगानी उठाएर नयाँ रेकर्ड बनाएको छ । फिल्मको एडभान्स बुकिंग, म्युजिक र स्याटेलाइट अधिकार बेचेर मात्र ४ सय ९० करोड भारु कमाएको भारतीय सञ्चार माध्यमहरूले लेखेका छन् ।

याे पनि पढ्नुस  अभिनेता रजनीकान्त अब नेता

यस फिल्मले एडभान्स बुकिंगबाट मात्र एक से २० करोडको कमाई गरेको बताइएको छ । यो आफैंमा एउटा रेकर्ड हो । त्यस्तै यो सर्वाधिक पर्दाहरूमा रिलिज हुनै भारतीय चलचित्र समेत बनेको छ । संसारभर १० हजार ५ सय पर्दाहरूमामा रिलिज भएको इस फिल्मका लागि भारतमा मात्र ७ हजार ५ सय पर्दाहरूमा उपलब्ध रहेका छन् । यो रेकर्ड यस अघि बाहुबली-२ को नाउँमा रहेको थियो ।

समीक्षकहरूले दिएनन् साथ
भारतका फिल्म समीक्षकहरूले गरेको मूल्यांकनमा भने यो चलचित्र खरो उत्रिन सकेको छैन । अधिकांश समीक्षकहरूले यसलाई ५ मा २ देखि २.५ स्टार दिएका छन् । जुन एउटा औसत चलचित्रले पाउने अंक हो ।

याे पनि पढ्नुस  अभिनेता रजनीकान्त अब नेता

दर्शकहरूको मिश्रित प्रतिक्रिया
पहिलो सोमा फिल्म हेर्ने दर्शकहरू मध्ये कतिपयले यसको प्रसंशा गरेका छन् भने केहीलव भने फिल्म हेर्नु पैसाको बर्बादी मात्र भएको टिप्पणी गरेका छन् ।  यो फिल्म तमिल, तेलगू र हिन्दी भाषामा निर्माण गरिएको छ र यसका साथै यसलाई अन्य १० भाषाहरूमा डब समेत गरिएको छ ।

ठग्स अफ हिन्दोस्तानले गऱ्यो यस्तो घाटा
हिन्दी भाषी बेल्टमा भने यसले पहिलो दिन बाहुबली-२ ले जस्तो आक्रामक व्यापार गर्नबाट चुक्न सक्ने बताएका छन् । अधिकांश हिन्दी फिल्मका दर्शकहरू केही समय अघि मात्र रिलीज भएको ठग्स अफ हिन्दोस्तानले भने जस्तो सन्तुष्टि दिन नसके पछि केही दर्शकहरू यसबारे आम दर्शकको प्रतिक्रिया बुझेर मात्र हल पस्ने अनुमान गरिएको छ ।

याे पनि पढ्नुस  अभिनेता रजनीकान्त अब नेता

दक्षिण भारतमा रजनीकान्तको जबरजस्त फ्यान फलोइङ रहेको छ । यसले तमिल र तेलगू संस्करणको कमाई बाहुबली-२ भन्दा नाघ्ने संकेत देखिए पनि हिन्दी संस्करणको कमाई भने संतोषजनक मात्र रहने बलिउड व्यापार विज्ञहरूले बताएका छन् ।

उत्तर भारतमा यसको अकुपेन्सी रेट ३० देखि ३५ प्रतिशत रहेको बताइएको छ जबकि बाहुबली-२ को अकुपेन्सी ८० प्रतिशतको हराहारी रहेको थियो । साथै यास फिल्मको हिन्दी बहुल क्षेत्रमा बाहुबली-२ भन्दा चर्चा पनि कम भएको बताइन्छ । बहुबलिका निर्माताहरूले कटप्पाले बाहुबलीलाई किन मारेको भन्दै दर्शकहरूमा निकै कौतुहल जगाएको थियो ।

कमेन्ट गर्नुहोस्