Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

माडी पीडामा साथ दिन प्रचण्ड भोली चितवन जाने

काठमाडौं, मंसिर १२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड शुक्रबार चितवनको माडी जाने भएका छन् । जंगली हात्तीको आक्रमणमा परी माडीको टम्टामा दुई महिलाको ज्यान गएपछि समस्या समाधान गर्न अध्यक्ष प्रचण्ड त्यस तर्फ जाने भएका हुन् ।

हात्ती आक्रमणबाट हुन गएको जनधनको क्षति र पीडामा साथ दिन भोलि (शुक्रबार) बिहान ११ बजे अध्यक्ष प्रचण्ड माडी जाने उनको सचिवालयले जनाएको छ । लगातार वन्यजन्तुको आक्रमणबाट स्थानीयको ज्यान गएपछि त्यस क्षेत्रका नागरिक त्रसित भएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: