Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

फेरि सर्याे एनसेलको कर विवादसम्बन्धी मुद्दाको सुनुवाइ

काठमाडौँ — एनसेलको कर विवादसम्बन्धी मुद्दाको सुनुवाइ फेरि सरेको छ । बिहीबारका लागि तोकिएको सुनुवाइ सर्वोच्च अदालत प्रशासनले सारेको हो । सुनुवाइको नयाँ मिति तोकिएको छैन ।

प्रारम्भिक सुनुवाइमै रिट निवेदकलाई अपूरणीय क्षति हुने व्याख्याका साथ अन्तरिम आदेशमार्फत नाफा विदेश लैजान अनुमति दिएको सर्वोच्चले त्यसपछि मुद्दाको पेसी बारम्बार सारिरहेको छ । निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी गरेको १० महिनापछि बिहीबार सुनुवाइको पालो आएको थियो ।

सर्वोच्चले २०७४ माघ १५ गते दुवै पक्षको सुनुवाइसमेत नगरी अन्तरिम आदेश दिएको थियो । अन्तरिम आदेशको साढे सात महिनापछि भदौ २८ गते सर्वोच्चले थप कागजात झिकाउन आदेश दिएको थियो ।

एनसेल कर प्रकरणमा चारवटा फरक मुद्दा सर्वोच्च अदालतको ५ सदस्यीय इजलासमा तोकिएका छन् । सर्वोच्चले तीनवटा छुट्टाछुट्टै मुद्दालाई एकसाथ राखी बृहत् पूर्ण इजलासमा पेस गर्न आदेश दिएको थियो । तीन न्यायाधीशको पूर्ण बैठकले यसअघिका दुई मुद्दा र पूर्वसचिव द्वारिकानाथ ढुंगेलसमेतको सार्वजनिक सरोकारको मुद्दालाई एकसाथ पेस गर्न आदेश दिएको थियो ।

पूर्वसचिवहरू द्वारिकानाथ ढुंगेल, पूर्वनिमित्त महालेखापरीक्षक सुकदेव खत्रीसहित ६ जनाले दर्ता गराएको रिट अब एनसेल र रेनोल्ड होल्डिङसले दर्ता गरेको अर्को निवेदनसँगै राखेर हेरिनेछ । यसमा रेनोल्ड होल्डिङले तिर्नुपर्ने पुँजीगत लाभकर विवाद र करको दायित्वलगायत विवादसमेत निरुपण हुनेछ ।

कान्तिपुर दैनिकबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: