Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

किशोरीहरुलाई मोबाइलबाट अश्लील तस्वीर र सन्देश पठाउने युवकलाई पक्राउ

हेटौंडा, मंसिर १४ । किशोरीहरुलाई मोबाइलबाट अश्लील तस्वीर र सन्देश पठाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

बारा निजगढ नगरपालिका–६ घर भई हेटौंडा उपमहानगरपालिका–४ मा बस्दै आएका २५ वर्षीय रविन तिमल्सिनालाई प्रहरीले मंगलबार पक्राउ गरी साइबर क्राइम अन्तर्गत मुद्दा चलाउन बुधबार काठमाडौं पठाएको छ ।

हेटौंडा उपमहानगरपालिका–१८ की १८ वर्षीया किशोरीद्वयलाई अश्लील तस्वीर र सन्देशहरु पठाएर मानसिक तनाव दिएकाले प्रहरीले तिमल्सिनालाई पक्राउ गरेको हो ।

तिमल्सिनाले यसभन्दा पहिला पनि यस्तै क्राइम गरेको प्रहरीमा उजुरी परेको थियो । –कान्तिपुर दैनिकबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: