ट्र्म्पद्वारा पुटिनसँगको प्रस्तावित बैठक रद्द, तनाव झन बढ्याे

विवाद बढ्दै गएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको प्रस्तावित बैठक रद्द गरेका छन् ।

ट्रम्पले जी–२० सम्मेलनका क्रममा हुने तय भएको पुटिसँगको वार्ता रद्द गरेको बताए । उनले रुसले नियन्त्रणमा लिएको युक्रेनको पानी जहाज फिर्ता नपठाएकाले पुटिनसँग वार्ता नहुने स्पष्ट पारे ।

याे पनि पढ्नुस  एफबिआईलाई बयान दिन डोनाल्ड ट्रम्प तयार

गत आइतबार क्राइमिया प्रायःद्वीपमा रुसी सेनाले युक्रेनको जहाजमाथि फायरिङ गर्र्दै नियन्त्रणमा लिएको थियो ।

यसैबीच जर्मन चान्सलर एन्जेला मर्केलले पनि यो घटनामा रुस जिम्मेवार रहेको आरोप लगाएकी छन् । उनले जी–२०सम्मेलनमा रुसी राष्ट्रपतिसमक्ष यो कुरा राख्नेसमेत बताइन् ।

जी–२०सम्मेलन शुक्रबार अर्जेन्टिनामा सुरु हुँदै छ । (एजेन्सी)

याे पनि पढ्नुस  अमेरिका प्रवेशमा रोक लगाउने ट्रम्पको निर्णय गैरकानुनी भएको राष्ट्रसङ्घको ठहर

 

कमेन्ट गर्नुहोस्