भरतपुर महानगरपालिकाको अान्तरिक अाय दाेब्बरले बृद्धि

भरतपुर महानगरपालिकाको आन्तरिक आयमा सुधार देखिएको छ । गत आर्थिक वर्षको चार महिनाको तुलनामा चालू वर्षमा दोब्बरले आन्तरिक आय वृद्धि भएको हो । आर्थिक वर्ष ०७५/०७६ को पहिलो चार महिनामा १३ करोड ९४ लाख संकलन भएको छ । सम्पत्ति कर, नक्सापास, सिफारिस शुल्क तथा घरबहाल करबाट उठेको रकमको हिस्सा धेरै छ ।

गत वर्ष यही अवधिमा जम्मा ७ करोड २२ लाख ५८ हजार ७ सय ६७ रुपैयाँ संकलन भएको थियो । चालू आर्थिक वर्षको पहिलो चार महिनामा संकलित कर आर्थिक वर्ष ०७०÷०७१ को वर्ष भरि संकलित करबराबर हो ।

याे पनि पढ्नुस  ढुक्क हुनुस्, चौबिसकोठी-गोलाघाट सडक २ बर्षमा पूरा हुन्छ– महानगर प्रमुख दाहाल

५५ करोड संकलन गर्ने लक्ष्य
महानगरले चालू आर्थिक वर्षमा ५५ करोड कर संकलन गर्ने लक्ष्य लिएको छ । गत आर्थिक वर्षमा ८७ करोड संकलन गर्ने लक्ष्य लिइएकोमा ३० करोड मात्र संकलन भएको थियो ।

अब सबै वडाबाट कर संकलन गर्छौं : मेयर दाहाल
आन्तरिक आय तीव्र रूपमा वृद्धि हुनुमा भौतिक पूर्वाधार निर्माणमा जनसहभागिता महत्ववपूर्ण रहेको मेयर रेणु दाहालले बताइन् । जनतामा कर तिर्नुपर्छ भन्ने भावनाको क्रमशः विकास हुँदै गएकाले पनि कर संकलन बढेको उनले बताइन् ।

याे पनि पढ्नुस  उकालो लाग्दै रेणु, १३ नम्बर वडामा देवीभन्दा दोब्बर मतले अगाडि

उनले हाल केही वडाबाट मात्र कर संकलन हुने गरेकामा आगामी महिनादेखि महानगरका सबै वडाबाट संकलन थालिने समेत बताइन् । कर संकलनका लागि नेपाल टेलिकमसँग सहकार्य भइरहेको समेत उनले बताइन् । क्षमताका आधारमा सबैलाई करको दायरामा ल्याउनु, घरबहाल करलाई व्यवस्थित र वैज्ञानिक बनाउनु, करमा एकरूपता ल्याउन छिमेकी स्थानीय तहसँग सहकार्य गर्नु, नयाँ करको क्षेत्र पहिचान गर्नु कर संकलनका लागि चुनौतीको विषय बनेको मेयर दाहालले बताइन् ।
नयां पत्रिका दैनिकबाट

कमेन्ट गर्नुहोस्