Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

दुल्लु, मङ्सिर १४ ।

दैलेखको महाबुु गाउँपालिका–४ मा गए राति भएको ट्याक्टर दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दैलेख सदरमुकामबाट सिमेन्ट लिएर महाबु गाउँपालिका जाँदै गरेको भे१त ६४२० नंको ट्याक्टर दुर्घटनामा महाबु गाउँपालिका–४ का ४९ वर्षीय गगनप्रसाद पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रेमबहादुुर क्षेत्रीले जानकारी दिए ।

सो दुर्घटनामा घाइते भएका नारायण नगरपालिका–३ का ट्याक्टर चालक झलकबहादुर हमालको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: