बस दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते !

राजविराज, मङ्सिर १४ ।

राजविराज–रुपनी सडकखण्ड  अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका–१ मा बसको ठक्करबाट गए राति एक महिलाको मृत्यु भएको छ ।

राजबिराजबाट रुपनीतर्फ जाँदै गरेको ना१ज ८१०३ नंको म्याजिक बसले पैदलयात्री स्थानीयवासी ३८ वर्षीया प्रमिलादेवी पासवान र उनको साथमा रहेकी १४ महीनाकी छोरी प्रबती कुमारीलाई ठक्कर दिँदा दुवै जना घाइते भएका थिए ।

याे पनि पढ्नुस  बस र ट्रक ठोक्किँदा २३ यात्रु घाइते

ठक्करबाट गम्भीर घाइते प्रमिलाको रुपनीस्थित युनिक अस्पतालमा उपचारको क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बसका साथै चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । रासस

कमेन्ट गर्नुहोस्