Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

राष्ट्रपति भण्डारी र सुकीबीच भेटवार्ता

काठमाडौँ, मङ्सिर १४ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक भ्रमणमा रहेका म्यान्माका स्टेट काउन्सिलर आङ सान सु कीले भेटवार्ता गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार बिहान भएको सो भेटमा द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको थियो । भेटवार्तामा राष्ट्रपति कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकृतको सहभागिता रहेको थियो ।

एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि काउन्सिलर सुकी बिहीबार बिहान काठमाडौँ आइपुगेका हुन् । सो सम्मेलन आगामी शनिबार आयोजना हुँदैछ । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: