निर्माण व्यवसायी महासंघको प्रादेशिक निर्वाचनमा चन्द र राना भिड्दै !

दाङ, मंसीर १४ ।

निर्माण व्यवसायी महासंघको प्रादेशिक निर्वाचनमा चन्द र राना भिड्दै, केही पदमा निर्विरोध
निर्माण व्यवसायी महासंघको प्रादेशिक निर्वाचनमा बर्तमान प्रदेश अध्यक्ष बलिभद्र राना र शुरेस चन्द आमनेसामने हुने निस्चित जस्तै भएको छ ।

निर्वाचन कार्यतालिका अनुसार साँझ ५ः३० सम्म उम्मेदवारीको समय सिमा भित्र राना र चन्दको अध्यक्ष पदमा उम्मेदवारी परेपछि प्रादेशिक कार्यसमितिको अध्यक्ष लगाएत प्रमुख पदाधिकारी पदहरुमा निर्वाचन हुने निस्चित प्रायः भएको हो ।

राना बाम निकट र चन्द काँग्रेसी निकट निर्माण व्यवसायी हुन् ।

प्रदेश नं ५ अन्तर्गतका १२ जिल्लाहरुका कूल १९५ जना डेलिगेट्स्हरु निर्वाचनमा भागलिनका लागि दाङ आइपुगेका छन् । कूल १९ पदहरुमा प्रतिस्पर्धा हुने निर्वाचन मण्डलले जनाएको छ ।

याे पनि पढ्नुस  उमा कुङफु टोली थाइल्याण्ड प्रस्थान

जसमध्ये वरिष्ठ उपाध्यक्षमा नविन प्रसाद ज्ञवाली, र यज्ञ बहादुर खत्रि प्रतिस्पर्धामा हुनुहुन्छ । मंसीर १४ गते १ बजेदेखि मतदान हुने निर्वाचनका लागि सर्वसहमतिको प्रयास भईरहेको छ ।

यसैगरी प्रथम उपाध्यक्ष मा चार जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेहरुमा दिनेश कुमार हमाल, देविलाल न्यौपाने, नवराज श्रेष्ठ र मनिराम खत्री आमने सामने भएका छन् ।

द्वितीय उपाध्यक्ष (महिला) पदमा मञ्जु भुसाल र गंगा पोखरेल रहेका छन् ।

यसैगरी महासचिवका लागि प्रकाश शाह र नारायण पोखरेल, उप महासचिव (नितीगत कार्यभार) पदमा जविन कक्षपति र टिका बहादुर श्रेष्ठ (सन्तोष) चुनावी मैदानमा रहेका छन् ।

याे पनि पढ्नुस  सडकमा सुशीला कार्की

मुलुक प्रादेशिक संरचनामा गईसकेपछि पहिलो पटक हुन गइरहेको निर्माण व्यवसायी महासंघ प्रादेशिक समिति गठनका लागि उप महासचिव (आन्तरिक कार्यभार) पदमा पवन कुमार कवर, ऋषिराम आधिकारी, मणिराम पौडेल र रबिन्द्र लम्सालको उम्मेदवारी परेको निर्वाचन मण्डल टुकराज पाण्डेले जानकारी दिए ।

सह कोषाध्यक्ष पदमा प्रकाश बस्नेत र हरिकुमार श्रेष्ठ को बिचमा टकराव हुने देखिएको छ ।

यसैगरी, ४ जना खुल्ला सदस्यपदका लागि दिपक कुमार श्रेष्ठ, चन्द्र शेखर श्रेष्ठ, धर्मराज शर्मा, काँसिराम बस्याल, ढुण्डिराज पोखरेल, छेदिलाल श्रीवास्तव, भागवत गिरी र जविन कक्षपति को मनोनयन परेको छ ।

याे पनि पढ्नुस  पार्टी सहमति काँग्रेसले तोडेपछि समस्या : राई

आरक्षीत सदस्य पदमा राकेश कुमार पाण्डेय र रमेश कुमार मिश्राा र जनजाती सदस्यका लागि बिमलमान श्रेष्ठ, मिलनप्रसाद श्रेष्ठ, सुजन श्रेष्ठ र सन्तोष बिएमको उम्मेदवारी परेपछि निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्नका लागि उम्मेदवारहरु लविङ तथा चुवानी प्रचार प्रसारमा लागेका छन् ।

कोषाध्यक्ष सहित केही पदहरुमा सर्वसहमति

कोषाध्यक्ष पदमा त्रिभुवन दत्त मिश्रको मात्र उम्मेदवारी परेको छ ।

यसैगरी एसोसिएट्स सदस्य पदमा बामदेव रेग्मी, महिला सदस्यपदमा नलिन गौतम भूसाल, बस्तुगत सदस्य पदमा अजय रानाको मात्र उम्मेदवारी परेपछि निर्बिरोध निर्वाचित भएका छन् । तर, आधिकारीक घोषणा भने भएको छैन ।

कमेन्ट गर्नुहोस्