Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

चलचित्र ‘चङ्गा चेट’ ले सोचेजस्तो सफलता हात पार्न सकेन

गत कार्तिक १६ गतेदेखि मुलुकभरिकै हलहरुमा प्रदर्शनमा अाएको नेपाली चलचित्र ‘चङ्गा चेट’ शुक्रवारबाट पाँचौ हप्तामा प्रदर्शन हुँदैछ ।

यस चलचित्रको पहिलो गीत ‘गोजीमा दाम छैन’ अहिले निकै चर्चामा अाएको यो फिल्मको इनिसियल बक्सअफिस कमजोर रहेपनि गतिलो माउथ पब्लिसिटीले कमाईमा सफलताको शिखर चुम्दै गएको छ । प्रदर्शन भइरहेका सिंगल र मल्टिप्लेस स्कृनमा फिल्मको व्यापार अझै सुखद छ । निर्माता माधव वाग्लेले चलचित्रको कलेक्सन ३ करोडको हाराहारीमा रहेको बताए । तर, उनी फिल्मको प्रदर्शनबाट खासै सन्तुष्ट देखिएका छैनन् ।

भन्छन्, ‘यसअघि मैले निर्माण गरेका फिल्मको इनिसियल बक्सअफिस आक्रामक हुन्थ्यो । ‘चङ्गा चेट’ त्यसमा सफल भएन ।’

निर्माता वाग्लेले घरेलु बजारबाटै लगानी सुरक्षित गर्ने आँकडा नजिक फिल्म रहेको बताए । उनी विदेशमा फिल्मको डिमान्ड हाई भएकोमा भने दंग छन् । उनका अनुसार, हङकङ, जापान, कोरियामा फिल्मको आधिकारिक राइट्स विक्री भइसकेको छ । अमेरिका र यूरोपमा पनि फिल्म विक्री भएको उनले बताए ।

दशैं रिलिज दुई चलचित्र ‘छक्का पञ्जा ३’ र ‘जय भोले’ का कारण ‘चङ्गा चेट’ को इनिसियल बक्सअफिसमा ठूलो प्रभाव परेको थियो । साथमा अभिनेत्री रेखा थापाको ‘मालिका’ सँग भिडन्तको असर पनि फिल्मको व्यापारमा देखियो । केही दिन आमिर खानको ‘ठग्स अफ हिन्दोस्तान’ पनि बाधक बनेको थियो । ‘पशुपतिप्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र के. खनाल निर्देशित फिल्ममा आयुष्मान देशराज जोशी, प्रियंका कार्की, रबिन्द्र झा, सुरक्षा पन्त, परमिता आरएल राणालगायतका कलाकारहरुको अभिनय छ ।

शर्मिला पाण्डे पनि यस चलचित्रकी निर्मात्री हुन् । फिल्मले दाम हुनेको रवाफ र दाम नहुनेको संर्घषको कथा भन्छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: