Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

राजधानीमा लागूऔषधसहित दुई भारतीय पक्राउ

काठमाडौँ, मङ्सिर १४ । प्रहरीले प्रतिबन्धित लागूऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । उनीहरूलाई कलंकीबाट थानकोटतिर जाँदै गरेको भारतीय नम्बर प्लेटको गाडीबाट पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ पर्नेमा विहार चम्पारणका १९ वर्षीय सविर अली र सोही स्थानका ५५ वर्षीय करण सहनी रहेका छन् ।

बिहीबार बेलुका भारतीय गाडीबाट लागूऔषध ओसारपसार भइरहेको छ, भन्ने गोप्य सुचनाको आधारमा थानकोट प्रहरी बृत्तको टोलीले वि आर १ ए एच ६९०८ ईन्जिन नम्बर एफ १० डिएन ३२९६५८९ नंको भारतीय कार जाँच गर्दा लागूऔषध फेला पारेको जनाएको छ ।

महानगरीय प्रहरी वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले गाडीमा जेब्रा झोला भित्र लुकाइ राखेको लागुऔषध भेटिएको बताए । उनका अनुसार उनीहरूको साथबाट डाइजेपाम ६ सय ९५ एम्पुल, नुर्फिन ६ सय ९६ एम्पुल र फेनार्गन चार सय ९५ एम्पुल गरी एक हजार आठ सय ८६ एम्पुल लागुऔषधका साथै वाइन सिरेफ सात बोतल बरामद भएको छ ।

साथै स्यामसुङ्ग मोवाइल, दुई थान नोकिया सादा सेट, एक थान जीव लेखिएको सादा सेट, १ थान एनटिसी र भारतीय सिम बरामद गरेको छ ।

पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भइरहेको र उनीहरूलार्इ लागुऔषध ऐन अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको थानकोट प्रहरीले जनाएको छ ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: