गायक राजकुमारको ‘दही मिठो दारको ठेकीको’ गीत सार्वजनिक

गायक राजकुमार देवकोटाको अंकुरन २ मा समाबेश सागीतिक काशेली दही मिठो दारको ठेकीकोे नयाँ गीत बिहिवार युट्युबमार्फत सार्वजनिक गरिएको छ ।

गुन्जन स्टुडियोको प्रस्तुतिमा रहेको ‘दही मिठो दारको ठेकीको’ बोलको गीतमा गायक देवकोटाको स्वर सुन्न सकिन्छ ।

बसन्त सापकोटाको शब्द संगीत रहेको सो गीतमा बिनोद राई (घ्याम्पे सुब्बा) ले निर्देशन गरेका छन् ।

याे पनि पढ्नुस  दर्शकको मन जित्दै रोशन राईको ‘उपहार’

गीतमा बेगम नेपाली, अनुमती नेपाली, सुदीप हमालको अभिनय देख्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्