विश्वमै सबैभन्दा बढी मन पराइने कार्यक्रममा नेपाल आइडल दोस्रो (भिडियोसहित)

एपीवान एचडी टेलिभिजनबाट प्रसारण भइरहेको ‘नेपाल आइडल सिजन–टु’ यूट्यूवमा खोजी गरिने संसारभरका आइडल शो मध्ये दोस्रो स्थानमा पर्न सफल भएको छ ।

हजारौं आकांक्षीलाई पछि पार्दै छानिएका प्रतिस्पर्धीले एकपछि अर्को उत्कृष्ट प्रस्तुति दिइरहँदा नेपाल आइडल सर्वाधिक खोजी गरिने शो बनेको हो । हरेक बिहीबार र शुक्रबार साँझ साढे ८ बजे प्रशारण हुँदै आएको ‘नेपाल आइडल सिजन–टू’ मा विभिन्न जिल्लामा गरिएको अडिसनमा सहभागी हजारौँबाट छानिएका उत्कृष्ट ६ जना प्रतिस्पर्धी बाँकी छन् ।

याे पनि पढ्नुस  सुरु भयो नेपाल आइडल सिजन–२, भिडियोसहित

शुक्रबारको एलिमिनेसनपछि टप ५ रहने छन् । प्रतियोगीको प्रस्तुति, कार्यक्रमको उत्पादन, व्यवस्थापन तथा दर्शकको भावना अनुसारका गीत संगीतको छनौटले नेपाल आइडलको लोकप्रियता बढेको कार्यक्रमका निर्देशक सुरेश पौडेलको ठम्याइ छ ।

‘गतवर्षको अनुभवले हामीलाई आइडल थप राम्रो बनाउन हौसला मिलेको छ, आगामी दिनमा आइडललाई अझै दर्शकको मन जित्ने अविस्मरणीय श्रृङखला बनाउन हामी लागि रहने छौँ“, पौडेलले भने ।

याे पनि पढ्नुस  प्रतिस्पर्धी रवि वडले 'नेपाल आइडल-२' को यात्रा पूरा गर्न सक्लान् ?

नेपाल आइडलले अन्तर्रा्ष्ट्रियस्तरसम्म प्रभाव जमाउन व्यवस्थापन, कार्यक्रम उत्पादनमा सहभागी दक्ष सहकर्मी, बाध्यवाधन, स्टेज तथा लाइट व्यवस्थापन, क्यमरा व्यवस्थापनको सहयोगले नै सम्भव भएको निर्देशक पौडेलको भनार्इ छ । नेपालमा एकै पटकमा टेलिभिजन हेर्ने दर्शकको संख्या जान्न कुनै संयन्त्र नभएकाले यूट्यूबका दर्शकको आधारमात्र मापन गर्न सकिने अवस्था छ ।

याे पनि पढ्नुस  नेपाल आइडल : पोखरा अडिसनबाट ‘गोल्डेन माइक’ पाउने को-को ? [भिडियो]

यूट्युब भ्यूको आधारमा नेपाल आइडल सबैभन्दा धेरैले हेर्ने नेपाली रियालीटी शोमा परिरहेको छ ।

कमेन्ट गर्नुहोस्