Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

छोरी बलात्कार गर्ने बाबुलाई २३ वर्ष कैद सजाय

चौतारा, मंसिर १४ । जिल्ला अदालत सिन्धुपाल्चोकले आफ्नै नाबालिका छोरीलाई बलात्कार गरी गर्भवती तुल्याउने बाबुलाई २३ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश टीकाराम आचार्यको एकल इजलासले अभियुक्तबाट पीडितलाई रु ७० हजार क्षतिपूर्ति भराउनेसमेत फैसला गरेको स्रेस्तेदार लेखनाथ पौडेलले जानकारी दिए ।

दुई वर्षअघि श्रीमतीको मृत्यु भएका अभियुक्तले मादकपदार्थ सेवन गरी सुतिरहेकी छोरीलाई जबर्जस्ती करणी गरेका थिए ।

पटक–पटकको करणीबाट गर्भवती भएपछि २०७४ साल साउन २६ गते बाह्रबिसे ‘ङ’ले जाहेरी गरेकी थिइन् ।

जाहेरीपछि ४६ वर्षीय प्रतिवादी बाह्रबिसे ‘घ’विरुद्ध २०७४ भदौ २० गते नाबालक हाडनाता र जबर्जस्ती करणीका तीन छुट्टा–छुट्टै मुद्दा दर्ता भएको थियो ।

स्रेस्तेदार पौडेलकाअनुसार साउनदेखियता सम्बन्धविच्छेद र बलात्कार तथा बलात्कार प्रयास मुद्दामा वृद्धि भएको छ । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: