Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

‘कीर्तिनिधि विष्ट देशभक्त र राष्ट्रवादी’: प्रधानमन्त्री

काठमाडौं, मंसिर १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्व. कीर्तिनिधि विष्ट देशभक्त र राष्ट्रवादी व्यक्तित्व भएको बताएका छन् ।

शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले विष्टले पञ्चायती व्यवस्थाको प्रयोग गरेर राष्ट्रवादी कामहरु गरेको बताए ।

सन्तुलित परराष्ट्रनीति र भौगोलिक अखन्डता तथा सुरक्षाप्रति प्रतिबद्ध रहेर विष्टले काम गरेको उनको भनाइ थियो ।

सो अवसरमा ‘कीर्तिनिधि विष्ट प्रखर राष्ट्रवादी नेपाली नेता’ नामक पुस्तकको विमोचनसमेत गरिएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: