उपमेयर सुशिला भन्छिन्: लैङ्गिक हिंसा कुनै एक लिङ्गको समस्या होइन

धनगढी, मंसिर १४
धनगढी उपमहानगरपालिकाका उप प्रमुख सुशिला मिश्र भट्टले लैङ्गिक हिंसा कुनै लिङ्ग बिशेषको मात्रै मुद्धा नभएर समाजिक समस्या भएको बताएकी छन् ।

धनगढी उपमहानगरपालीको न्यायीक समितिले आयोजना गरेको लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत जनप्रतिनिधीका लागि कानुनी सचेतना तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै न्यायीक समितिका संयोजक समेत रहेका नगर उपप्रमुख भट्टले यस्तो धारणा राखेकी हुन । उनले लैङ्गिक मुद्धालाई महिलाको मात्रै समस्याका रुपमा बुझ्दा समस्या भएको बताईन ।
उपप्रमुख सुशिला मिश्र भट्टले लैङ्गिक हिंसा महिलामा मात्रै हुन्छ भनेर नबुझ्न आग्रह गरिन् । उनले भनिन्,हिंसा समाजिक समस्या हो न्यूनिकरण गर्ने अभियानमा सबैको साथ आवश्यक छ । सन् १९६० नोभेम्वर २५ का दिन अर्थात प्रजातन्त्रका लागि लडाई चढ्ने किसान परिवारका तीन बहिनीको बिभत्स हत्य भएको दिनको सम्झनामा सन १९९१ बाट २५ नोभेम्वर देखि १० डिसेम्वर सम्म संयुक्त राष्ट्रसंघले नै लैङ्गिकहिंसा बिरुद्धको १६ दिने अभियान थालेको उपप्रमुख भट्टले बताईन । नेपाल संयुक्त राष्ट्रसंघको पक्ष राष्ट्र भएकाले यो अभियान चलाउनु कर्तब्य हुन आउने भट्टले बताईन ।

अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै जिल्ला अदालत कैलालीका जिल्ला न्यायाधीस परशुराम भट्राईले बिभिन्न प्रकृतीका लैङ्गिक हिंसा समाजमा ब्याप्त रहेको बताए । उनले लैङ्गिक हिंसा पहिला र पुरुष दुबै माथी हुने गरेको बताए । त्यसैगरी कार्यक्रममा अधिवत्ता जानकी तुलाधरले पनि कार्यपत्र प्रस्तुत गरेकी थिईन ।

सरकारको ब्यावहारले अपराधी फष्टायो: नगरप्रमुख वड

धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले बर्तमान सरकारको ब्यावहारका कारण मुलुकमा अपराध फष्टाएको बताएका छन् ।

प्रजातान्त्रीक बिचार समाज कैलालीले आयोजना गरेको धनगढी उपमहानगरपालीकाका माध्यमिक विद्यालयतहको बर्तमान अबस्था प्रजातान्त्रीक बिचारको महत्व बिषयक बक्तृत्व प्रतियोगितामा बोल्दै नगरप्रमुख वडले अपराधीलाई बचाउने, संरक्षण गर्ने र काखी च्याप्ने काम सरकारबाट भैरहेको बताए । कम्यूनिष्टहरुले अरुका बिचारको सम्मान गर्न नसक्दा लोकतन्त्र कमजोर भएको बताए । लोकतन्त्रमा बिचार राख्न पाउने स्वतन्त्रा भएपनि फरक बिचार राखेकै कारण नागरिकहरुलाई दुस्ख दिने काम भैरहेको बताए ।

समाजका अपराधीहरुलाई सरकारले आम माफी दिएर समाजमा स्थापित गर्ने र आफै माला पहिराउने काममा लागेको आरोप नगर प्रमुख वडको थियो ।‘एक पछि अर्को गर्दै बलात्कार र हत्याका घटना बढी रहेका छन्’ नगरप्रमुख वडले भने–हाम्रो समाज कहाँ जाँदै छ ? त्यसका बारेमा गम्भीर हुनु आवश्यक छ ।

प्रतियोगितामा ६ वटा माध्यमिक विद्यालयका बिद्यार्थीहरु सहभागि भएका थिए । ऐश्वर्य बिद्या निकेतनका निशा बलायर प्रथम, सरस्वती माविका गणेश प्रशाद अबस्थी द्धितीय, बेहडाबाबा माविका ओम प्रकाश भट्ट तृतिय भएका थिए भने मञ्चोदय माविका निर्मला भट्टले सान्त्वना पुरस्कार पाएका थिए । कार्यक्रम प्रजातान्त्रीक बिचार समाज कैलालीका अध्यक्ष बेद प्रसाद जोशीको अध्यक्षतामा भएको थियो ।

कमेन्ट गर्नुहोस्