कांग्रेस नेतृ संग्रौलाको आरोप– निर्मलाका हत्यारालाई सरकारले संरक्षण गर्‍यो

कैलाली, मंसिर १५ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले निर्मला पन्तका हत्यारालाई सरकारले नै संरक्षण गरिरहेको गम्भीर आरोप लगाएकी छन् ।

कैलालीको धनगढी प्रेस यूनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य संग्रौलाले यस्तो आरोप लगाएकी हुन् । सरकारले निर्मलाका हत्यारालाई संरक्षण गरेकै कारण देशमा दिनप्रति बलात्कारका घटना बढीरहेका उनले बताइन् ।

नेतृ संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सत्ता जोगाउन निर्मलाका हत्यारा लुकाएको आरोप लगाइन् । उनले बलात्कारी र हत्याराहरुलाई संरक्षण गर्नेहरुले सरकारमा बसिरहने नैतिकता गुमाइसकेको धारणा व्यक्त गरिन् ।

कमेन्ट गर्नुहोस्