चाबहिलबाट पूर्वमन्त्री विष्टसहित २६ जना पक्राउ

काठमाडौं, मंसिर १५ । पूर्वमन्त्री विराज विष्टसहित २६ जनालाई प्रहरीले चाबहिलबाट पक्राउ गरेको छ।

एसिया प्यासिफिक समिट र ईसाइ सरकारविरूद्ध चाबहिलमा गरिएको विरोध कार्यक्रमस्थलबाटै उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले पूर्वसंघीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री विराज विष्ट, श्याम केसी, श्याम प्रसाद घिमिरे, कमल विष्ट, माधव प्रसाद भण्डारी, सपना अर्याललगायतलाई पक्राउ गरिएको बताइएको छ ।
सो कार्यक्रममार्फत् ‘जिससकी एक मात्र छोरी’ घोषणा गर्ने विरूद्ध उनीहरूले विरोध कार्यक्रम गरेका थिए।

कमेन्ट गर्नुहोस्