शिव सेना नेपालका अध्यक्ष बाबा पक्राउ

काठमाडौं, मंसिर १५ । शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत ‘बाबा’ सहित २५ जना पक्राउ परेका छन् । एसिया प्यासिफिक समिटको विरोध गर्ने सम्भावना मूल्यांकन गरेर प्रहरीले उनीहरुलाई पक्राउ गरिएको हो ।

गौशालामा शिव सेनाको बैठक चलिरहेको बेला चार पाँचवटा भ्यानमा आएका प्रहरीहरुले उनीहरुलाई  पक्राउ गरेको हो । पक्राउ पर्नेमा अध्यक्ष बस्नेतसहित शिव सेनाका करिब २५ नेता कार्यकर्ता छन् । पक्राउ परेकाहरुलाई महेन्द्र पुलिस क्लबतर्फ लगिएको छ ।

याे पनि पढ्नुस  पाकेटमारको नाइकेसहित सात जना पक्राउ

हिन्दु धर्मको विपक्ष र क्रिष्चियन धर्मको प्रचारका लागि आयोजना गरिएको भन्दै समिटको विरोध गर्दा करिब ५० जना विभिन्न धार्मिक संगठनका नेता कार्यकर्ताहरु यसअघि नै पक्राउ परेका छन् । ती ५० जनालाई सम्मेलनस्थल होटल हायात नजिकै विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीले पक्राउ गरेको हो ।

याे पनि पढ्नुस  त्रिविका सहायक डिन ५० हजार घुससहित रंगेहात पक्राउ

हायात प्रवेश गर्ने ढोका अर्थात् चुच्चेपाटी चाबहिलबाट पूर्वराज्यमन्त्री विराज विष्ट,  बिश्व हिन्दु महासंघका उपकोषाध्यक्ष राधेश्याम थापा, श्याम केसी, दामोदर शर्मा, सोमविक्रम सिंह,सुशील सिंह, सपना अर्याल , रघु न्यौपाने, मधुसूदन लाल श्रेष्ठ , रघु राजभण्डारी, दीपेन्द्र ढकाल , प्रदीपमान श्रेष्ठ , मानव सेवक, लगायतका महासंघका कार्यकर्ताहरु पक्राउ परेका हुन् । नेपाल आजबाट

कमेन्ट गर्नुहोस्