दुई तिहाइका प्रदेश र संघीय मन्त्री पछाडी पर्‍यौं भन्दै रुदैछन्ः मेयर वड

कैलाली, मंसिर १५ । जिल्लाको धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले सुदूरपश्चिम प्रदेश पछाडि परेको छ भन्दै गित आएर समृद्धि नहुने बताएका छन् ।

नेपाल पुस्तक तथा स्टेशनरी ब्यावसायी महासंघ कैलालीको पाँचौं जिल्ला अधिवेशन कार्यक्रमा बोल्दै नगरप्रमुख वडले समृद्धिका लागि तिनवटै तहका सरकारहरुले समन्वय गरेर काम गर्नुपर्ने बताए । उनले भने, ‘दुई तिहाइका प्रदेश र संघिय सरकारका मन्त्रीहरु अहिले पनि हामी पछाडी पर्यौं भनेर रोदन र क्रोदन पोख्दैछन्, अब बसले रोक्यो अगाडि बढ्नका लागि ?’

याे पनि पढ्नुस  आत्मरक्षा तालिमबारे सर्वत्र चासो, तालिम सफल बनाउन सरोकारवालाबीच छलफल

प्रदेश सरकारले पहिलो चौमासिकमा एक प्रतिशत पनि बजेट खर्च गर्न नसकेको बताउदै नगरप्रमुख वडले भने, ‘योजना बनाउने, बजेट छुट्याउने तर काम कोखीमा च्यापेर राख्ने कसरी प्रगती हुन्छ ।’

नगरप्रमुख वडले प्रदेश सरकारले आफुहरुसँग कुनैपनि समन्वय नगरेको आरोप लगाए । उनले पुस्तक तथा स्टेशनरी ब्यावसायीलाई यस प्रदेशमा नै स्टेशनरी सम्वन्धी उद्योग सञ्चालन गर्न आग्रह गरे । उनले भने, ‘यसका लागि हामीले कहाँ के गर्नुपर्छ तयार छौं ।’

कमेन्ट गर्नुहोस्