डरले उखुबारी छेउबाट हिँड्न छाडे छात्रा

कञ्चनपुर, मंसिर १६ । कक्षा ९ मा पढ्ने लक्ष्मी बडू काठको जीर्ण पुल तरेपछि उखुबारीछेउ खोलाकिनारको पक्की सडक भएर विद्यालय जान्थिन् ।

उनी कहिलेकाहीँ भाइलाई पनि नकुरेर निर्धक्कसँग एक्लै पनि यही बाटो भएर विद्यालय जानेआउने गर्थिन् । विद्यालय जाने बाटो बदलेका उनी अचेल सो पुल तरेपछि बायाँतिर हुँदै घुमेर विद्यालय जान्छिन् ।

उखुबारीदेखि करिब ५० मिटर पछाडि उनको घर छ । ‘उखुबारीछेउ अघिबाट हिँड्दा अर्कैअर्कै लाग्छ । सँगै भाइ हुँदा पनि डर लागेजस्तै हुन्छ’, लक्ष्मीले भनिन्, ‘निर्मलाको शव उखुबारीमा भेटिएपछि डरले पहिले हिँड्ने बाटो छोडेर अर्कै बाटो भएर विद्यालय आउजाउ गर्छौ ।’ यो खबर नागरिक दैनिकबाट

कमेन्ट गर्नुहोस्