मिस वर्ल्ड २०१८ः श्रृंखला दोस्रो राउण्डमा पराजित !

काठमाडौं, मंसिर १६ । मिस नेपाल २०१८ कि विजेता श्रृंखला खतिवडा चीनको सान्यामा जारी मिस वर्ल्ड २०१८ को फाइनलमा सहभागी भइरहेकी छिन् ।

‘हेड टु हेड’ को पहिलो राउण्डमा समूह विजेता बन्दै दोश्रो राउण्ड पुगेकी श्रृंखला दोश्रो राउण्डमा भने पराजित भएकी छिन् ।

उनी मिस सिंगापुरसँग पराजित भएकी हुन् । दोस्रो चरणमा श्रृंखलाले मिस वर्ल्ड सिंगापुर भेनिसा पेहलाई प्रतिस्पर्धीको रुपमा पाएकी थिइन् ।

उनी यो राउण्डमा विजेता भएको भए फाइनलका लागि अन्तिम ३० मा छानिन्थिन् । तर अझै मल्टिमिडिया वा व्युटि विथ पर्पज जितेर श्रृंखला अन्तिम ३० मा पर्ने सम्भावना कायमै छ ।

कमेन्ट गर्नुहोस्