अमेरीकामा बन्यो गुन्जनको ‘माया कस्तो लाएँ’ को भिडियो सार्वजनिक

अमेरीकामा बस्दै आएकि गुन्जन उपाध्यायलाइ गायनमा खुबै रुची छ ।

सानैदेखि सांगीतिक माहोलमा रमाउदै आएकि गुन्जनले बाल्यकालमा धेरै गीत, भजन गाइन् र केही गीत रेकर्ड पनि गरिन् । उनले भर्खरै ‘माया कस्तो लाएँ’ बोलको गीतको भिडियो सार्वजनिक गरेकी छिन् ।

रेकर्डिङदेखि म्यूजिक भिडियो छायांकन र सम्पादन सबै अमेरिकामा नै गरिएको यो गीतलार्इ गुन्जनका पिता तुंग नेपालले लेखेका हुन् भने संगीत पनि उनकै हो ।

नेपालमा रहँदा बिभिन्न बिधालयमा संगीत गुरु भएर काम गरिसकेका नेपालले अमेरीकामा पनि नेपाली गीत संगीत, सस्कृति जोगाउन र अहिलेको पुस्तालाइ नेपाली गीत संगीत, वाद्यवादनको संयोजन र प्रशिक्षण गराइरहेका छन् । नेपाल आफैमा गीतकार सगीतकार तथा गायक पनि हुन् । सार्वजनिक यो गीतको एरेन्ज भद्रेश्वर बर्मनले गरेका छन् ।

सार्वजनिक यस भिडियोमा रिता याम्फू र जिन जेङ्गको अभिनय रहेको छ ।

भिडियोलार्इ मन्जिल श्रेष्ठले छायांकन सम्पादन र निर्देशन गरेका हुन् । भिडियोको कन्सेप्ट तथा कथा अन्तरा उपाध्यायको रहेको छ ।

हेर्नुहोस् भिडियो–

कमेन्ट गर्नुहोस्