अागामी पुस १० गते एभरेष्ट बैंकको साधारणसभा, यस्तो छ‍ मुख्य एजेण्डा !

काठमाडौं, मंसिर १६ ।

अागामी पुस १० गते एभरेष्ट बैंकले साधारणसभा गर्ने भएको छ ।

बैंकले लैनचौर बैंक्वेटमा बिहान ११ बजे बैंकको २४ औं वार्षिक वार्षिक साधारणसभा आह्वान गरेको हो । बैंकले साधारणसभा मार्फत गत आवको नाफाबाट प्रस्ताव गरेको २० प्रतिशत नगद लाभांश अनुमोदन हुने छ ।

त्यस्तै, लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण, र नाफाल नोक्सान सहित बैंकको वासलात छलफल पारित गर्ने लगायतका एजेण्डा सभामा रहेका छन् ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि बैंकले यहि मंसिर २६ गतेदेखि बैंकको शेयर दर्ता पुस्तिका बन्द (बुकक्लोज) गर्ने भएको छ ।

यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम रहने शेयरधनीले बैंकको लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागिता जनाउन पाउनेछन् । मेरोलगानीबाट

कमेन्ट गर्नुहोस्