धौलागिरी यातायात पनि अनलाईन टिकटिङमा, बाग्लुङदेखि मुस्ताङसम्मका सर्वसाधारण काउन्टरमा धाउन नपर्ने

काठमाडौं, मंसिर १६ ।

प्रदेश नं.४ स्थित् धौलागिरी यातायात समितिका टिकट अबदेखि अनलाईनबाट काट्न सकिने भएको छ ।

धौलागिरी यातायातको शनिबार बाग्लुङ बजारमा भएको २०औँ साधारणसभाले अनलाइनबाट टिकट बिक्री गर्ने प्रस्ताव पारित गरेको हो । योसँगै अबदेखि पोखरा, पर्वत, बाग्लुङ तथा मुस्ताङसम्म जाने यात्रुहरूले अनलाइनबाटै टिकट काट्न सक्नेछन् । धौलागिरी यातायातले नेपालको एकमात्र अनलाइन बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बससेवा डटकमसँगको सहकार्यमा अनलाइन टिकट विक्री सुरू गरेको हो ।

साधारणसभामा बोल्दै संस्थाका अध्यक्ष उमेश केसीले यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाएर यात्रुलाई थप सुविधा दिने उद्देश्यले अनलाइन टिकटिङ सुरू गरेको बताए । उनले भने ‘यात्रायात क्षेत्रलाई पनि अब प्रविधीमैत्री बनाएर यात्रुहरू आफ्नै मोबाईलबाट टिकट काटेर यात्रा गर्न सकुन् भन्ने हाम्रो चाहना हो । हामीले अनलाइन टिकटिङलाई थप व्यवस्थित् बनाउँदै अब सबै कुरालाई अटोमेशनमा लैजाने छौँ ।’

ात्रुहरूले धौलागिरी यातायातको मोबाईल एप्स् तथा बससेवा डटकम, ई–सेवा डटकम डट एनपीबाट सहजै अनलाइन टिकट काट्न सक्ने छन् । ई–सेवा एकाउन्ट भएका ग्राहकले सिधै आफ्नो मोबाईल तथा इन्टरनेटबाट टिकट काट्न सकिने छ भने इसेवा एकाउन्ट नभएका ग्राहकले नजिकै रहेको ई–सेवा जोन तथा पोन्इन्टबाट टिकट काट्न सकिने छ ।

मुलुकभर इसेवाका ४० हजार भन्दा बढि जोन पोइन्ट रहेका छन् । साथै आइएमइ पे, इप्रभु, इन्टरनेट तथा मोबाईल बैंकिङ, इनेट लगायतका पेमेन्ट गेटवेबाट समेत टिकट काट्न सकिने छ ।

बससेवा नेपालको एकमात्र अनलाइन बस टिकट विक्री गर्ने माध्यम हो । बससेवामा करिब सय वटा यातायात समिति तथा कम्पनी आबद्ध रहेका छन् ।

कमेन्ट गर्नुहोस्