नेपाल आइडलकी रिमा मिस बन्दा भीमफेदी गाइज विद्यार्थी बने (भिडियोसहित)

घाँटीदेखि शरीरका तल्लो भागले काम नगर्ने कलाकार अमिर बोम्जनको ‘माया’ भन्ने बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

बसन्त सापकोटाको संगीतमा रहेको गीतमा दिनेश थपलियाले शब्द भरेका छन् ।

चित्रकार तथा राम्रो स्वरका धनी बम्जनको हातगोडाले काम गर्दैनन् भने उनी मुखैले चित्र कोर्ने गर्छन् । शारीरिकरुपमा अशक्त भएपनि प्रतिभा र आवाजमा जादू भएको कारण अमिरको आवाजमा गीत रेकर्ड गराएका संगीतकार बसन्त सापकोटाले बताए ।

गीतको भिडियोमा नेपालका चर्चित डान्सग्रुप भिमफेदी गाइज र अभिनेत्री रिमा विश्वकर्मालाई फिचरिङ गरिएको छ ।

मन्टेश्वरीमा पढाउने शिक्षिकाको रुपमा प्रस्तुत भएकी रिमालाई पढ्न आउने विद्यार्थीले मन पराएको कुरालाई आकर्षक एवम् रमाइलो तरिकाले भिडियोमा प्रस्तुत गरिएको छ ।

गीतको भिडियोलाई भिमफेदी गाइजका निर्मल लामाले कोरियोग्राफी गरेका छन् भने सम्पादन तथा निर्देशन प्रविन श्रेष्ठले गरेका छन् ।

हेर्नुहोस् भिडियो-

कमेन्ट गर्नुहोस्