बोकाका कारण डिलिट गरेर फेरी अपलोड गरियो मेलिनाको गीत (भिडियोसहित)

काठमाडौं, मंसिर १६ । यूट्युबमा २ लाख २७ हजारभन्दा बढी भ्यूअर गइसकेको गीत ‘ओइ ओइ केटी’ को गीतमा प्रयोग भएको बोका शब्द हटाउँदै फेरि नयाँ भिडियो सार्वजनिक गरिएको छ ।

मेलिनाको सो गीतमा स्रोता-दर्शकले आपत्ति जनाएकाले भिडियो निर्माण यूनिटले दर्शकहरुको भावनाको कदर गर्दै सो भिडियोलाई डिलिट गर्दै नयाँ भिडियो सार्वजनिक गरिएको हो । मेलिनाको ‘ओइ ओइ केटी’ गीतमा शब्द, संगीत, अरेन्ज अनि भिडियो सम्पादन राज कुमारले गरेका छन् ।

गीतमा अभिनय अलिशा राई र पुष्प खड्काको छ । किर्तिपुरको बिभिन्न ठाउँमा छायांकन गरिएको गीतको भिडियोलाई ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन् भने निर्देशन राजिव समरले गरेका हुन् ।

कमेन्ट गर्नुहोस्