‘चौंथो मिस एण्ड मिस्टर सदूरपश्चिमाञ्चल’ को उपाधि एलिशा र विवेकले जिते

कैलाली, मंसिर १६ । एलिशा गौतम र विवेक जोशीले ‘चौंथो मिस एण्ड मिस्टर सुदूरपश्चिमाञ्चल टुरिज्म् नेपाल’ को उपाधि जितेका छन् ।

शनिबार राति धनगढीमा भएको फाइनल प्रतिस्पर्धामा उनीहरुले उक्त उपाधि जितेका हुन् । उपाधिसँगै विजेता गौतमले स्कुटी र जोशीले मोटरसाइकल प्राप्त गरेका छन् ।

त्यस्तै, प्रतियोगितामा महिला र पुरुषतर्फ फस्ट रनरअप क्रमशः जेनिफर वेद र प्रशान्त खड्का घोषित भए । भने, सेकेण्ड रनरअपको उपाधि असुति सिंह र सन्तोष ओझाले प्राप्त गरे ।

अप इन्टरटेइनमेन्ट इन्टरनेशनल प्रालिको आयोजना भएको उक्त फाइनल प्रतिस्पर्धामा नेपाली चलचित्र उद्योगका महानायक राजेश हमाल, नायिका सञ्चिता लुइटेल, मिस एसिया प्यासिफिक चन्द्रा थापा गिरी, गोपाल सुन्दरलाल कक्षपति निर्णायकको भूमिका रहेको अप इन्टरटेनमेन्टका निर्देशक सारा थापाले बताइन् ।

मिस एण्ड मिस्टर सुदूरपश्चिमाञ्चल टुरिज्म्को अडिशन राउण्डमा तीन सयभन्दा बढीको सहभागिता भएकोमा फाइनलका लागि १३ केटी र १३ केटा गरी जम्मा २६ जनाले प्रतिस्पर्धा गरेको आयोजकले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्