कारितास नेपालद्वारा भूकम्पपीडितलाई ६५३ घर हस्तान्तरण

कालिका, मंसिर १६ । कारितास नेपालले भूकम्प प्रभावित परिवारलाई घर हस्तान्तरण गरेको छ । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका अन्तर्गत वडा नंं ३ कालिकामा आयोजित एक समारोहमा प्रभावितहरुलाई कारितासको सहयोगमा निर्माण भएका घर हस्तान्तरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभाका अधेयक्ष गणेश तिमिल्सिनाले सबै प्रभावितहरुको प्रतिनिधित्वका रुपमा वडा नं ३ का अध्यक्ष श्रवण कुमार जिसिलाई प्रमाणपत्र प्रदान गरेका हुन् ।

कारितास नेपाल आवास निर्माणका अतिरिक्त जीविकोपार्जन तथा विपद न्यूनिकरण कार्यक्रम अन्तर्गत सुनकोशिमा मात्रै २३५० परिवारलाई जीविकोपार्जनमा सहयोग गरेको कार्यक्रममा जानकारि दिईएको थियो । यसैगरि, संस्थाले १० वटा खानेपानी आयोजना समेत सम्पन्न गरेको छ । यसबाट सिन्धुपाल्चोकमा ११०४ घरधुरी लाभान्वित भएका छन् ।

कमेन्ट गर्नुहोस्