मन्त्री बाँस्कोटा भन्छन्, ‘देश बदल्न कुराभन्दा काम जरुरी छ’

काभ्रे, मंसिर १६ । नेपाल सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले देश बदल्न कुराभन्दा पनि कामको आवश्यक पर्ने बताएका छन् ।

काभ्रेको नमोबुद्ध नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्दे मन्त्री बाँस्कोटाले सरकारले धेरै काम गरेको भन्दै सरकारको आलोचना नगर्न अनुरोध गरे।

‘सरकारले केही गरेन भन्ने बित्तिकै कहाँ काम हुन्छ त ! पाँच वर्ष भित्रमा सरकारले भनेका कामहरु पूरा गर्नेछ’, मन्त्री बाँस्कोटाले भने । सरकारको लक्ष्य वनजंगल र नागरिकको रक्षा गर्नु भएको भन्दै भकुण्डेमा स्थापना भएका इट्टा उद्योग तत्काल हटाउनुपर्नेमा उनको जोड थियो ।

कमेन्ट गर्नुहोस्