राष्ट्रपतिद्वारा रोयल क्यासल र विज्ञान टावर अवलोकन

वार्सा, मंसिर १७ । पूर्वी युरोपको देश पोल्याण्ड भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले राजधानी वार्सास्थित ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक महत्वका धरोहरको अवलोकन गरेकी छन्। उनले रोयल क्यासल र संस्कृति तथा विज्ञान टावरको अवलोकन गरेकी हुन् ।

रोयल क्यासल सन् १६०० तिर राजा सिग्मण्ड तृतीयले निर्माण गरेको कलात्मक दरबार हो । विगतमा विभिन्न किसिमका आक्रमणमा परेको यो दरबारको अवलोकनका लागि विश्वका विभिन्न मुलुकबाट पर्यटक आउने गर्छ् ।

याे पनि पढ्नुस  मानव अधिकारका लागि सबै क्षेत्र क्रियाशील हुन आवश्यकः राष्ट्रपति

राष्ट्रपति अवलोकन गर्नुभएको संस्कृति तथा विज्ञान टावरसन् १९५५ मा निर्माण भएको हो । सो टावर रुसका तर्फबाट दिइएको उपहारका रुपमा चिनिएको छ ।

टावरको निर्माणका लागि रुस र पोल्याण्डका गरी करीब नौ हजार मानिस सहभागी रहेको जनाइएको छ । तीसभन्दा बढी तला रहेको सो टावरमा विभिन्न सांस्कृतिक तथा सार्वजनिक कार्यक्रम हुने गरेका छन् । रासस

याे पनि पढ्नुस  राष्ट्रपति पदको गरिमा उच्च छ, विवादमा ल्याउने काम गरिनु हुन्नः मन्त्री बाँस्कोटा

कमेन्ट गर्नुहोस्