निर्मलाको पोस्टर अब बसहरुमा

काठमाडौं, मंसिर १७ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका हत्यारा अझैं पक्राउ पर्न सकेका छैनन् । घटना भएको लामो समय हुँदा पनि त्यसमा संग्लन पक्राउ नपर्दा सर्वसाधारणमा आक्रोश बढेको छ ।

सरकारलाई हत्यारा पत्ता लगाउन दबाब दिन नागरिकले आन्दोलनसँगै निर्मलाको तस्बिर अंकित पोस्टरलाई सडकदेखि पोलमा टाँसिरहेका छन् । तर, प्रहरीले ति तस्बिर हटाउन थालेपछि एकयुवा समूहले राजधानीबाट बाहिरिने बसहरुमा ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको पोस्टर टाँसेका छन् ।

देशभरबाट नै निर्मलाको निम्ति आवाज उठोस् भन्ने चाहेरै आफूहरुले बसमा पोस्टर टाँस्न थालेको उनीहरुले बताए ।

कमेन्ट गर्नुहोस्