प्रतिपक्षले डरले सरकारलाई घेराबन्दीमा पार्न खोज्योः नेता पौडेल

पर्वत, मंसिर १७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले सरकारलाई चौतर्फी घेराबन्दीमा पार्न खोजिएको बताएका छन् ।

दक्षिण पर्वतको पैयूँ गाउँपालिकास्थित हुवासमा सोमबार आयोजित शहीद स्मृतिसभामा उनले भने, “जनतामा लोकप्रिय हुन्छ भने डरले सरकारलाई प्रतिपक्षले घेराबन्दीमा पार्न खोजिएको छ ।”

नेकपाका केन्द्रीय सदस्य गुप्त हमाल र विजय गुरुङले पार्टीको निर्णय र सङ्गठनको मर्म बमोजिम नै सरकार अगाडि बढ्नुपर्नेमा जोड दिए । यसअघि नेता पौडेलले हुवासमा निर्मित शहीद गेटको पनि उद्घाटन गरे । रासस

कमेन्ट गर्नुहोस्