अन्तरक्रिया कार्यक्रम सम्पन्न

कैलाली, मंसिर १७ । ‘लैङिक हिंसा र दुब्र्यवहारः छैन हामीलाई स्वीकार’ भन्ने मुल नाराका साथ जारी लैगिंक हिंसा बिरुद्ध्रको १६ दिने अभियान अन्तरगत सामुदायिक वन उपभोक्ता महासंघ, कैलालीको आयोजना अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । एक दिने अन्तक्रिया कार्यक्रम कैलालीको अत्तरियामा सम्पन्न भएको हो ।

अन्तक्रियामा महिलामाथि हुने हिंसा कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । अहिले पनि महिलामाथि हुने विभिन्न प्रकारका हिंसा कम नभएकाले यसको न्यूनिकरणका लागि सबैले एकजुट हुनुपर्नेमा कार्यक्रमा सहभागिले जोड दिए ।

साथै, उनीहरुले लैगिंक हिंसा न्यूनिकरण गर्नको लागि कानुनको परिपालना, शिक्षा रोजगारमा महिलाहरुलाई अवसर दिए मात्र हिंसा कम हुने बताए ।

कार्यक्रममको सहजीकरण गर्दैै सामुदायिक वन उपभोक्ता महासंघ, कैलालीका अध्यक्ष सुबेदीले महिलामाथि हुने हिंसाका किसिम, भई रहेका घटना, वर्तमान अबस्था, राज्यको कानुनमा लैगिंक अधिकारहरुका वारेमा छलफल तथा जानकारी गराएका थिए ।

कमेन्ट गर्नुहोस्