खुसीको खबरः पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घट्यो !

काठमाडौं, मंसिर १७ । पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

सोमबार साँझ बसेको निगमको बैठकले पेट्रोल, डिजल र मट्टितेलको भाउ २-२ रुपैयाँका दरले घटाएको छ । नयाँ मूल्य अनुसार पेट्रोलको भाउ प्रतिलिटर १ सय १२ रुपैयाँमा झरेको छ । यस्तै डिजल र मट्टितेल ९९ रुपैयाँ प्रतिलिटरमा झरेको छ ।

निगमले भारतीय आयल कर्पोरेशन आइओसीले पठाएको नयाँ मूल्य अनुसार भाउ घटाइएको निगमले जनाएको छ ।

सोमबार राति १२स् ०० बजेदेखि लागू हुने गरी नेपाल आयल निगमबाट पेट्रोल, डिजेल तथा मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा २ रुपैयाँ प्रति लिटरका दरले घटाएर समायोजन गरेको आयल निगमले जनाएको छ ।

मूल्य समायोजनपछि काठमाडौंको नयाँ खुद्रा बिक्री मूल्य पेट्रोलको ११२ रुपैयाँ प्रति लिटर, डिजेल र मट्टितेलको ९९ रुपैयाँ प्रति लिटर र अन्य पेट्रोलियम पर्दाथको मूल्य यथावत रहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा अचानक मूल्यमा कमी आएको र अमेरिकी डलरसँग नेपाली मूद्रा पनि केही बलियो भएको कारणले गर्दा पेट्रोलियम पदार्थको कारोबारमा अहिले निगमलाई धेरै राहत मिलेको निगमले विज्ञप्तिमा जनाएको छ ।

कमेन्ट गर्नुहोस्