श्रृंखलाले ‘ब्यूटी विद अ पर्पस अवार्ड’ पनि जितिन् !

काठमाडौं, मंसिर १७ । चीनमा जारी मिस वर्ल्ड २०१८ मा नेपाली चेली श्रृंखला खतिवडाले ब्यूटी विद अ पर्पस अवार्ड पनि जित्न सफल भएकी छन् । मल्टिमिडिया अवार्ड जितेर फाइनलमा पुग्न सफल श्रृंखलाले ब्यूटी विद अ पर्पस अवार्ड पनि हात पार्न सफल भएकी हुन् ।

केही बेर अघि आफ्नो इन्स्टाग्राममा भिडियो शेयर गर्दै श्रृंखलाले आफूले ब्यूटी विद अ पर्पस अवार्ड पनि जितेको खबर सुनाउँदै हर्षविभोर भएकी थिइन् ।

यसका बारेमा श्रृंखलाले आधिकारिक जानकारी गराए पनि मिस वर्ल्डको आधिकारिक पेजमा आउन भने बाँकी छ । ब्यूटी विद अ पर्पस श्रृंखलालार्इ दिलाउन मदत गर्ने उनको पर्पस अर्थात उद्धेश्य भने मकवानपुर जिल्लाको चेपाङ बस्तीमा हेल्थपोष्ट निर्माण गर्ने रहेको छ ।

कमेन्ट गर्नुहोस्