आइडलको उपाधि भिडन्त नजिकियो, बिक्रमका समर्थक झन् बढ्दै

काठमाडौं, मंसिर १८ । नेपाल आइडल सिजन २ को उपाधि भिडन्त नजिकिदै छ । अब आइडलमा पाँच प्रतिस्पर्धी मात्रै बाँकी छन् । यी पाँच मध्येबाट एकजना दोस्रो ‘नेपाल आइडल’ घोषित हुने छन् ।

पाँच मध्ये को चाहिँ नेपाल आइडल बन्ला ? निकै रोचक विषय बनेको छ । पाँच प्रतिस्पर्धी मध्ये ‘आइडल’ का दाबेदार हुन् बिक्रम बराल ।

पोखराका उनी आइडलमा ‘दमदार’ प्रस्तुति दिदै आएका छन् । स्रोतादर्शकको मन जित्दै आइडलको यो स्थानमा पुगेका बिक्रमलाई नै अधिकांशले आइडलको उपाधि उचाल्ने प्रतिस्पर्धीका रुपमा हेरेका छन् ।

उनले गाएका हरेक गित न्यायपूर्वक गाएका भन्दै उनको सर्वत्र प्रशंसा भइरहेको छ । यो प्रशंसाले झन् बिक्रममा राम्रो प्रस्तुति दिने ऊर्जा जागेको छ । यो ऊर्जाका साथ नेपाल आइडलको मञ्चमा प्रस्तुत हुँदा उनले ‘आगो’ नै बाल्छन् ।

यो आइडलका निर्णायक एवं बिक्रमका समर्थकले भन्दै आएका छन् । अबको यात्रा ‘भोट’ का आधारमा अगाडि बढ्ने भएकाले उनले आइडलको मञ्चमा थप सांगीतिक ‘आगो’ बाल्नु पर्ने देखिन्छ ।

सर्वाधिक भोटका आधारमा यात्रा बढ्ने नबढ्ने टुंगो लाग्ने भएकाले बिक्रमले अझैं मिहिनेतका साथ प्रस्तुत हुनुपर्ने देखिन्छ । पोखरेली जनताको अपार माया पाएका उनले पछिल्लो समय पूर्वदेखि पश्चिमका समर्थक पनि पाएका छन् । यति मात्रै होइन विदेशमा पनि बिक्रमलाई माया गर्ने नेपाली थुप्रै छन् ।

आइडलको सुरुवातदेखि नै ‘उत्कृष्ट प्रस्तुति’ दिदैं आइडलको दाबेदारका रुपमा प्रस्तुत भइरहेका बिक्रमसँगै रवि ओड, अस्मिता अधिकारी, सुमित पाठक, अमित बरालले टक्कर दिइरहेका छन् । अब हेरौं बिक्रमले बाँकी चारै जनालाई पछि पार्दै उपाधि जित्लान् ? अघिल्ला अंक हेर्दै जाँउ ।

कमेन्ट गर्नुहोस्