गायक उमाशंकर जोशीको ‘तेराई मायाले’ बजारमा (भिडियोसहित)

काठमाडौं, मंसिर १८ । गायक उमाशंकर जोशीको नयाँ गीत बजारमा आएको छ । जोशीको ‘तेराई मायाले’ बोलको गीत बजारमा आएको हो । यो गीतलाई हाइलाइट्स नेपालले युट्युबमार्फत सार्वजनिक गरेको हो ।

गीतमा स्वर, शब्द र संगीत गायक जोशीकै छ भने, र्याप जगत तिरुवाको रहेको छ । करिश्मा ढकाल, सुन्दर बोहरा, शिरिष ओखेडाले गीतमा मोडलिङ गरेका छन् ।

याे पनि पढ्नुस  झक्कड थापाको ‘अब नाचन्या हुँ, गाउन्या हुँ’ सार्वजनिक (भिडियोसहित)

गीतको कोरियोग्राफर र निर्देशन बिक्रम चौहान र सम्पादन मेलिना विश्वकर्माले गरेका हुन् । यसअघि उमाशंकरले  ‘पोक पायाँ मोरको’, ‘मचाइ दे पातली धूम’, ‘नक्कलेनक्कले’, ‘आँखा मार्ने’ बोलका गीत बजारमा ल्याइसकेका छन् ।

कमेन्ट गर्नुहोस्