छोरीको हौसला बढाउन शृंखलाका बुबाआमा चीन जाँदै

काठमाडौं, मंसिर १८ । मिस वर्ल्ड-२०१८ को फाइनल राउन्डमा पुगेकी छोरी शृंखला खतिवडालाई थप हौसला प्रदान गर्न उनका बुबाआमा चीन जाने भएका छन्।
शृंखलाका बुबा विरोध खतिवडाले भने, ‘छोरीको हौसला बढाउन परिवारको र सबै नेपालीको प्रतिनिधित्व गर्दै हामी चीन जान लागेका हौँ ।,’ विरोध खतिवडा प्रतिनिधिसभामा सदस्यसमेत हुन् ।

चीनको सान्या सहरमा जारी मिस वर्ल्ड प्रतियोगितामा मिस नेपाल शृंखला ‘मल्टिमिडिया’ र ‘ब्युटी विथ पर्पस्’ अवार्ड जित्दै फाइनल राउन्डमा प्रवेश गरेकी छन् ।

यस राउन्डमा उत्कृष्ट ३० प्रतिस्पर्धीबीच कडा प्रतिस्पर्धा हुनेछ। यसकै आधारमा उत्कृष्ट १५ छनोट गरी अर्को राउन्डमा लगिन्छ।

कमेन्ट गर्नुहोस्