हिन्दुराष्ट्र र राजसंस्थाको माग गर्दै शिव सेनाद्वारा प्रदर्शन

रुपन्देही, मंसिर १८ । शिव सेना नेपालले रुपन्देहीमा प्रदर्शन गरेको छ । हिन्दुराष्ट्र र राजसंस्थाको माग गर्दै शिव सेनाले प्रदर्शन गरेको हो । देशव्यापीरुपमा प्रदर्शन र आन्दोलनको तयारीमा रहेको शिव सेना नेपालका कार्यकर्ताले केही दिन अघि वीरगञ्जमा पनि प्रदर्शन गरेका थिए ।

जुलुसमा सहभागीहरुले ‘राजा आऊ, देश बचाऊ’ ‘संघीयता चाहिँदैन देश बेच्न पाइँदैन’ ‘जनता जागौं, राजा ल्याऔंं’ जस्ता नारा लगाएका थिए ।

भैरहवामा निकालिएको जुलुस बुद्धचौक, नारायणपथ, मिलनचौक हुँदै उद्योगपुरी, रामजानकी हनुमाननगरको प्रांगण पुगेर कोणसभामा परिणत भएको थियो । सभाका वक्ताहरुले मुलुकमा इसाइकरण बढेको, हिन्दुधर्ममाथि धावा बोलिएको धारणा राखे ।

कमेन्ट गर्नुहोस्