प्रचण्ड भन्छन्, ‘नेपालमा दश वर्षमा आर्थिक क्रान्तिको परिणाम सजिलै देख्न सकिने छ’ [भिडियो]

तौलिहवा, मंसिर १८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले चालू दश वर्षलाई सरकारले समाजवादको आधार निर्माणको दशकका रुपमा अघि बढाएको बताएका छन् ।

कपिलवस्तु उद्योग वाणिज्य सङ्घले वाणगङ्गामा आज आयोजना गरेको दशौं महोत्सवको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले आउँदो दश वर्षपछि नेपालमा आर्थिक सामाजिक क्रान्तिको परिणाम सजिलै देख्न सकिने बताए ।

ल्हासादेखि लुम्बिनीसम्मको रेलमार्ग निर्माण, पूर्वपश्चिम रेलमार्ग निर्माण, हुलाकी सडक निर्माणजस्ता भौतिक पूर्वाधारहरु चालू १० वर्षमा शुरु गर्ने तयारीमा सरकार अघि बढेको उनले बताए ।

याे पनि पढ्नुस  बाबुरामलाई छोडेर पूर्वमन्त्री धमलासहित दर्जन बढी नेता नेकपामा प्रवेश

नेपाल, भारत र चीनबीच त्रिदेशीय आर्थिक साझेदारीको नयाँ रणनीतिका साथ सरकार आर्थिक विकास र समृद्धिको दिशामा अघि बढेको बताए ।

चीनसँग चार वटा बन्दरगाहा सम्मको पहुँच अब नेपालको सहज हुने दावी गर्दै अध्यक्ष प्रचण्डले अब देश भूपरिवेष्ठित देशको रुपमा होइन, समुन्द्रसँग जमीनबाट जोडिएको देशको रुपमा पहिचान स्थापित गर्ने बताए ।

तिलौराकोट, लुम्बिनी र रामग्रामलाई जोडेर विश्वशान्ति शहरको रुपमा यस क्षेत्रलाई विकास गरी संसारभरका बौद्धमार्गीहरुको आकर्षण केन्द्रको रुपमा विकास गर्न सरकार अघि बढेको उनले बताए ।

याे पनि पढ्नुस  नेकपा अध्यक्ष प्रचण्ड अमेरिका प्रस्थान

यसैगरी लुम्बिनी, पशुपतिनाथ र जनकपुरलाई जोडेर धार्मिक केन्द्रको रुपमा विकास गर्दै भारतीय क्षेत्रमा रहेका शक्तिपीठलाई पनि यसमा जोड्दै धार्मिक पर्यटन विकासमा जोड दिने उनले बताए ।

देश भित्रका लगानीकर्तालाई उत्प्रेरित गरी लगानीमैत्री वातावरण सिर्जना गर्न अध्यक्ष प्रचण्डले सरकारलाई आग्रह समेत गरे ।

याे पनि पढ्नुस  बुधबार नेकपाको सचिवालय बैठक, के विषयमा हुँदैछ छलफल ?

आन्तरिक लगानी प्रवद्र्धन भए मात्रै विदेशी लगानी भित्र्याउन सकिने भन्दै उहाँले यसका लागि सरकार संवेदनशील भई स्वदेशी तथा विदेशी लगानीलाई प्रोत्साहन गर्न नीतिगत रुपमा अघि बढेको बताए । कार्यक्रममा नेकपाका महासचिव विष्णु पौडेललगायतको उपस्थिति रहेको थियो । रासस

१० अौं कपिलवस्तु महोत्सव ।। मंसिर १८ गते, चार नम्बर, जितपुर , बुध्द रंगशाला, कपिलवस्तु

Posted by क. प्रचण्ड / Comrade Prachanda on Tuesday, 4 December 2018

कमेन्ट गर्नुहोस्