राजधानीमा १३ वर्षीय बालिका बलात्कृत, १७ वर्षीय युवक पक्राउ

काठमाडौं । राजधानीमा एक १३ बर्षिया बालिका बलात्कृत भएकि छिन् । काठमाडौं महानगरपालिका-३ रानीवारीमा एक १३ वर्षीया किशोरी बलात्कृत भएकी हुन् ।

मकवानपुर हेटौंडाकी ती किशोरीलाई कोठामा अभिभावक नभएको बेला ललाई फकाई गरी बलात्कार गरेको अभियोगमा प्रहरीले सोहि ठाउँ डेरा गरी बस्ने रौतहट राजदेवी नगरपालिका–८ घर भएका १७ वर्षीय धर्मेन्द्र यादवलाई पक्राउ गरेको हो ।

प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्