रविले आइडलको उपाधि जित्नेमा समर्थक ढुक्क, प्रचार–प्रसारमा व्यापकता

लोकेश धामी, काठमाडौं । ‘नेपाल आइडल सिजन–२’ का मुख्य दाबेदार रवि ओडलाई जिताउन देश–विदेशमा अभियान चलाइएका छन् । अधिकांश समर्थकले सामाजिक सञ्जाल र होर्डिङ बोर्डको प्रयोग गर्दै रविलाई जिताउन अभियान चलाएका हुन् ।

उनले आइडलमा ‘अडिसन’ दिएको धनगढीको माहोल रविमय बनेको छ । ठाउँ–ठाउँमा उनको नाममा होर्डिङ बोर्ड टाँसिएका छन् । ‘नेपाल आइडल सिजन–२ का शान, रवि ओडलाई मतदान’ नाराका साथ धनगढीमा उनको व्यापक प्रचार भइरहेको छ ।

धनगढी स्थित ‘समर्पण पुस्तक पसल’का सञ्चालक डिल्लीराज ओझा ‘समर्पण’ले भने, ‘हामीले यहाँबाट रविलाई अत्यधिक भोट दिलाउन सक्दो प्रयास गरेका छौं । ठाउँ–ठाउँमा रविको नाममा होर्डिङ बार्ड टाँसिएका छन् । सबैले आआफ्नो ठाउँबाट उनलाई नेपाल आइडल बनाउन प्रचार–प्रसारमा जोड दिनुपर्छ ।’

नेपाल आइडलका उत्कृष्ट प्रस्तुति दिदैं ‘टप फाइभ’ मा पुग्न सफल रविलाई जिताउन विदेशमा बसेका नेपालीले पनि विभिन्न अभियान चलाएका छन् । अधिकांश समर्थकले रविलाई भोट कसरी गर्ने, धेरै भोट कसरी  दिन सकिन्छलगायत विषयमा जानकारी गराइरहेका छन् ।

साथै, उनीहरुले सामाजिक सञ्जाल फेसबुक, टुइटरलगायतको व्यापक सदूपयोग गरिरहेका छन् । आइडलको प्रतिस्पर्धा झन्झन् रोमाञ्चक बनिरेको छ । नेपाल आइडलको पछिल्ला हरेक कार्यक्रम विशेष बनिरहेका छन् । आइडलको जजमा न्ह्यु वज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बास्कोटा छन्।

रविले नै यो पटकको नेपाल आइडलको उपाधि जित्नेमा उनका समर्थक ढुक्क जस्तै छन् । ढुक्क हुनुका कारण–
१) रविले अहिलेसम्म सर्वाधिक भोट पाएका छन् ।
२) ‘डेन्जर जोन’ मा नपरेका एक मात्र प्रतिस्पर्धी

३) नेपाल आइडलमा सुदूरपश्चिमबाट बाँकी एक मात्र प्रतिस्पर्धी
४) निम्न आर्थिक स्थित एवं दलित समुदायबाट प्रतिनिधित्व

५) अब्बल प्रस्तुति
६) समकर्थलाई आकर्षण गर्न सक्ने खुबी इत्यादि ।

यी लगायत रविले उपाधि जित्न सक्ने प्रशस्त कारण छन् । सबैभन्दा ठूलो कारण त उनमा रहेको प्रतिभा नै हो । रविको सुमधुर आवाजले नै उनको यात्रा यहाँसम्म पुगेको हो । यसकारण अरुभन्दा उनको कलालाई विशेष कारण मान्न सकिन्छ ।

यद्यपी यो भोटबाट विजेता चुनिने पतिस्पर्धा भएकाले कारण प्रशस्त भएर मात्र पुग्दैन । विजेता हुनलाई त अत्यधिक भोटको विकल्प छैन । यसकारण रविले अरुभन्दा धेरै भोट ल्याउने हो भने अझैं उत्कृष्ट प्रस्तुति दिनुपर्छ । साथै, समर्थकले पनि उत्तिकै साथ दिन आवश्यक छ ।

रबिलाई भोट गर्न मोबाइलको Message Box मा गएर १० टाईप गरी ३१००९ मा पठाउनुपर्ने हुन्छ ।भोटिङ बिहीबार राति ८ः३० बजेबाट खुल्ला हुने छ र शुक्रबार बिहान १२ बजेसम्म गर्न सकिने छ। विदेशमा बस्नेहरुले Rise and respect app डाउनलोड गरी उनको कोडमा गई भोट गर्नुपर्ने हुन्छ ।

आइडलको ‘टप ५’ मा पुग्न सफल प्रतिस्पर्धी
-रवि ओड
-बिक्रम बराल
-अमित बराल
-अस्मिता अधिकारी
-सुमित पाठक

तस्विरः चन्द्र थापाको फेसबुकबाट

कमेन्ट गर्नुहोस्